Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालय राख्यो


    आइतबार, असोज ३ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । तालिबानले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर गरेर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय राखेको बताइएको छ।

    शुक्रवार तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेका थिए।

    सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा महिला कर्मचारीहरूले कार्यालयबाहिर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुनय गरिरहेको देखिन्छ।

    सन् १९९० को दशकताका तालिबान शासन अवधिमा उक्त मन्त्रालयले कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्धहरू लगाएको थियो।

    निरन्तरको सङ्घर्षपछि विगत २० वर्षमा अफगान महिलाहरूले आधारभूत अधिकारहरू पाएका थिए। तर पुरुषहरूले मात्र नेतृत्व गरेको तालिबान अन्तरिम सरकारले आफूहरूको पाएको अधिकार फेरि कटौती गर्ने डर महिलाहरूमा छ।

    काबुलस्थित बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डूसे अफगानिस्तानमा आएको परिवर्तन बुझेर अघि बढ्ने वाचा गरेको भए पनि तालिबानको कामगराइ फरक देखिएको छ।

    असन्तुष्टिको स्वरलाई दमन गरिएको, हिंसाको माध्यमबाट महिला र किशोरीसहित नागरिकहरूलाई विभिन्न प्रतिबन्ध लगाइएको र समाजमा अविश्वास तथा डर फैलाइएको भन्दै यसअघि पनि मानवाधिकारवादी समूहहरूले सदाचार र दुष्कर्म मन्त्रालयको विरोध गरेका थिए।

    तर तालिबानका सदस्यहरूले यो संस्थाको प्रतिरक्षा गर्दै आएका छन्।

    “यसको मुख्य उद्देश्य नै इस्लामको सेवा हो। त्यस कारण पनि सदाचार र दुष्कर्म मन्त्रालय राख्न अनिवार्य छ,” तालिबानका एक सदस्य मोहम्मद युसुफले न्यूयोर्क पोस्टलाई भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार