Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा भेरोसेलको दोस्रो डोज असोज ४ गतेदेखि, १८ वर्षमाथिका सबै नागरिकलाई लगाइने


    शुक्रबार, असोज १ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चीनबाट खरिद गरी आज (शुक्रबार) एकै दिन ल्याइएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप काठमाडौं आइपुगेको छ । 

    विमानस्थल स्रोतका अनुसार शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हाे ।

    काठमाडौमा असोज ४ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । 

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ । 

    काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडाभित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । 

    यी हुन् खोप केन्द्र

    Corona-verocvell-release-2nd-dose.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार