Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रे कांग्रेसको क्रियाशील विवाद, गणेश लामालाई जोगाउनै मुस्किल


    बिहिबार, भाद्र ३१ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काभ्रे । क्रियाशील सदस्यता विवादका कारण अन्य २० जिल्ला जस्तै काभ्रेको पनि अधिवेशन प्रभावित भयो । नयाँ कार्यतालिका अनुसार असोज ५ गते वडा अधिवेशन गर्न लागेको कांग्रेसले काभ्रेको क्रियाशिल विवाद टुङ्गाएको छ । क्रियाशील सदस्यको सुची सार्वजनीक भने अन्य जिल्लासंगै गर्ने केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

    क्रियाशील सदस्यता विवादका कारणले अधिवेशन रोकिएको भनिएपनि काभ्रेको क्रियाशीलको खास विवाद के हो भन्ने बारेमा आम काग्रेसका कार्यकर्तानै अनविज्ञ छन । क्रियाशील सदस्यता विवादबारे काभ्रे काग्रेस भित्र गुट उपगुट वीच आरोप प्रत्यारोप मात्र हैन नेता नेता वीचको पानी बाराबारको अवस्था आएको छ । साथै क्रियाशिल सदस्य थपघट गर्न जिल्लाका जिम्मेवार नेताहरुले केन्द्रिय कार्यालयका सचिव केशव रिजालको हस्ताक्षर किर्ते गरेको समेत सार्वजनीक भएको छ ।काभ्रेको क्रियाशील सदस्यता विवाद के हो भन्ने बारेमा नेताहरुले प्रष्ट रुपमा नवुझाए पनि काग्रेसमा समाहित भएको तत्कालिन लोकतान्त्रीक फोरमका नेता गणेश लामाको फेस सेभिङ गर्न खोज्दा विवादले उग्र रुप लिएको पाइएको छ ।

    फोरम कांग्रेसमा समायोजन भएपछि पछि शुरुमा तत्कालिन फोरमबाट जिल्लामा ८ सय ७२ जना क्रियाशिल सदस्य बनाउने भनी प्रस्ताव आएको थियो । यो प्रस्तावमा काभ्रे काग्रेसका सभापति मधु आचार्यको सभापतित्वमा तत्कालिन काग्रेस र फोरमका क्षेत्रीय सभापतिहरु समेत बैठकले स्थानिय तहको कमिटि संग समन्वय गरि पार्टी केन्द्रिय कार्यालय पठाउने निर्णय भएको थियो । साथै ८ सय ७२ जना नै पार्टीमा छन् वा छैनन् अथवा कति जनाले पार्टी छोडे, कति जना अन्य पार्टी प्रवेश गरे र यी मध्य कति जिवित छन, कतिको मृत्यु भयो भन्ने विस्तृत विवरण पठाउन केन्द्रले जिल्ला लाई पत्राचार पनि गरेको थियो ।

    कांग्रेस जिल्ला कार्यसमितिका एक सदस्यले जानकारी दिए अनुसार काग्रेस काभ्रेका सभापति र फोरम काभ्रेका सभापति सहित सयुक्त बैठक बसि छानविन गर्ने केन्द्रले दिएको म्याण्डेट अनुसार बुझदा् प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत पर्ने बनेपा नगरपालिका क्षेत्र भित्र फोरमको ८ सय ७२ मध्य १ सय ४ जना सदस्य रहेको पाइएको थियो । यो १ सय ४ जनाको नाममा पछि प्रतिनिधिसभा क्षेत्र नं १ मा अरु मानिसको नाम राखेर पाठाइयो । यो किर्ते सम्बन्धि उजुरी प¥यो । उजुरी गर्ने प्रतिनिधिसभा क्षेत्र नं २ हो ।यो उजुरी बारे केन्द्रले निर्णय गदै भनेको छ– केन्द्रबाट जिल्लामा पठाइएको सुचीमा केशव रिजालको हस्ताक्षर किर्ते भएको १ सय ४ जनाको नामलाई बदर गरि अरुलाई कायम गर्ने । जिल्ला नेतृत्वले किर्ते गरेर थपेको नाम केन्द्रले हटाएइदिए पछि एक पक्ष ससंकित भए ।

    धेरै विवाद भएको पनौती नगरपालिका वडा नं ५ मा पनि मृत्यु भएको, विदेश गएको र स्वदेशमै भएपनि नविकरण गर्न नआएको नाममा नयाँ मानिसको नाम हालेर नविकरण गर्न पठाएपछि विवादले उग्र रुप लिएको हो । काभ्रे क्षेत्र नम्बर १ मा अन्य पार्टीबाट नेपाली काग्रेसमा प्रवेश गरेका ५४ जनाको नाम हटाएको विषयले पनि जिल्लामा चर्चा पाएको छ । २०७५ सालमा केन्द्रको माग अनुसार पठाइएको ५४ जनाको नामको फारम २०७८ साल असार अन्तिममा मात्र ल्याइएपनि २०७५ सालमा केन्द्रले निर्णय गरेको मानिसलाई क्रियाशिल नदिएर अन्य मानिसको नाम पठाएपछि विवादले झन उग्र रुप लियो । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समायोजन समितिले २०७५ सालमा ५४ जनालाई क्रियाशिल दिने निर्णय गरेको थियो ।

    राप्रपाबाट समायोजन भएको क्रियाशील सदस्यको हकमा पनि यस्तै किर्ते भएपछि काभ्रेमा विवाद बढेको पाइन्छ । काभ्रे कांग्रेसमा जिल्लाभरी लोकतान्त्रीक फोरमबाट आएको ८ सय ७२ मध्य १ सय ४ जनाले सदस्यता नपाउने भएपछि बाकी ७ सय ६८ रहन्छन । जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता १८ हजार भन्दा बढी छ ।जारी अधिवेशनमा १८ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेको काभ्रे काग्रेसमा ७ सय ६८ सदस्य रहेको तत्कालिन लोकतान्त्रिक फोरमले कुनै पनि पदमा जिम्मेवारी पाउन सक्ने सम्भावना नरहेपछि काग्रेस भित्रै एक गुट संग मिलेर कांग्रेस फुटाउ अभियानमा फोरमका नेता गणेश लामा लागिपरेको काभ्रे कांग्रेस भित्र आरोप छ । नेपाल समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार