Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट रौतहट आएका ३५ जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, जेष्ठ १४ २०७७
    565
    Shares
  • १ मिनेट पाठ
  • रौतहट, १४ जेठ । नेपालमा थप ३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । संक्रमित सबै रौतहटका रहेका छन् ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासका अनुसार भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएकोहो ।

    संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई दुई जना छन्।

     

    उनीहरूलाई जिल्लाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ।

    योसँगै संक्रमितको संख्या ८ सय २५ पुगेको छ। बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो।

     

    बाग्लुङमा देखिएका संक्रमितहरू पनि भारतबाट आएको खुलेको छ। हेटौंडाकी २५ वर्षीय संक्रमित युवती भने चितवनबाट घर पुगेको भन्ने छ। उनलाई भरतपुर अस्पतालको आइसोलेसन पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार