Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिबन्धित भारतीय रूपैयाँसहित एक युवक पक्राउ


    बुधबार, भाद्र ३० २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  प्रतिबन्धित ५ सय दरका भारतीय नोटसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा २५ वर्षीय अजयकुमार शर्मा रहेका छन् ।

    प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले पर्साको बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ५ सय दरका २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ सहित उनलाइ पक्राउ गरेको हाे ।

    बहुदरमाई नगरपालिका–४ घर भएका शर्माले सो पैसा भारतबाट ल्याएको प्रहरीलाई बताएका छन् । उनी सवार ना.१५ प २३७२ नम्बरको मोटरसाइकलसहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार