Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत सरकारको एकाधिकार ताेड्दै १७ बर्षपछि नेपाल आइपुग्यो पहिलो निजी कार्गो रेल


    बुधबार, भाद्र ३० २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । 

    बुधबार बिहान १० बजे पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको छ ।

    हिन्द टर्मिनल प्रालिको भारतीय रेल सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। 

    २०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आए पनि २०२१ मा भएको दुई देश बीचको पुनरावलोकन सम्झौता  पछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार