Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हैटौँडामा गर्भवती महिलालाई कोरोना संक्रमण पुष्टि


    बुधबार, जेष्ठ १४ २०७७
    930
    Shares
  • १ मिनेट पाठ
  • हेटौंडा, १४ जेठ। हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलालाई कोरोना पुष्टि भएको हो ।

    मुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको छ ।

    यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए । उनको आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. श्रेष्ठले बताए ।

    उनलाई हेटौंडाबाट चितवनको भरतपुर अस्पताल लगिएको छ ।

    उनी र उनका श्रीमान चितवनमा रोजगारीमा थिए । उनी चितवनबाट हेटौंडा आएपछि कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार