Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायल जाने श्रमिकको भाषा परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)


    मंगलबार, भाद्र २९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

     वैदेशिक रोजगार विभागले सोमबार लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    ६,३१७ जना सहभागी भएकोमा दुई हजार ३९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा १,३९५ जना महिला र ६४४ पुरुष छन् ।

    भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ । अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ ।

    असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौल परीक्षण हुने जनाइएको छ । उचाइ र तौल परीक्षणमा उत्तीर्ण हुनेको असोज ४ गतेदेखि ९ गतेसम्म व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा अन्तार्वार्ता हुनेछ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ ।

    इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् ।  इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ ।

    उत्तीर्ण हुनेहरुको सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार