Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री शर्मा भन्छन्: एमालेसँगको सहमतिबाटै अर्थसम्बन्धी विधेयकहरू पारित गर्छाैं


    मंगलबार, भाद्र २९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । 

    मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने बताएका हुन् । 

    ‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छाैं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छाै ।’

    एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार