Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घाँटी रेटेर आफ्नै शिशुको हत्या गर्ने आमा-बुवा पक्राउ


    मंगलबार, भाद्र २९ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा  गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले रहेका छन् । प्रहरीका अनुसार उनीहरूले आफ्नै घरको छतमा लगेर आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका हुन् । हत्याको कारण भने एकिन भएकाे छैन ।

    २६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो । 

    घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।

    ‘बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपममा अनुसन्धान तथा सोधपुछ गर्दा मृतक आमा बुबाले हत्या घटना स्वीकार गरेको,’ प्रहरी नायव उपरीक्षक थापाले बताए ।

    घटनामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै सोही दिन प्रहरीले पक्राउ गरको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार