Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संक्रमित युवती चितवनको भरतपुरबाट हेटौंडा आएकी….


    बुधबार, जेष्ठ १४ २०७७
    875
    Shares
  • १ मिनेट पाठ
  • हैटौँडा, १४ जेठ । कोरोना भाइरस संक्रमण पुष्टि भएकी हेटौंडा उपमहानगरपालिका २५ वर्षीया युवतीमा जेठ ९ गते मात्र हैटौडा आएकी थिइन । जिल्ला आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंका अनुसार संक्रमित युवती चितवनको भरतपुरबाट हेटौंडा आएकी हुन्।

    उनमा हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणले संक्रमण पुष्टि गरेको हो।

    उनले बाहिर जिल्लाबाट आउनेहरूको परीक्षण गर्ने क्रममा युवतीमा संक्रमण देखिएको बताए।

     

    अहिले युवतीलाई चितवनस्थित भरतपुरको कोरोना अस्पताल पठाइएको छ। युवतीमा कुनै पनि लक्षण नभएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको चौलागाईंले बताए।

    युवतीले आफू लकडाउनको बेलादेखि नै कोठामा बसेको जानकारी गराएकी छिन्।

    उनी चितवनमा पार्टटाइम कम्प्युटर अपरेटरको काम गर्छिन्।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ८३ पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार