Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोक्न स्वास्थ्य मन्त्रालयको आग्रह


    आइतबार, भाद्र २७ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आन्दोलनरत पक्षले उठाएका धेरै मागहरूको सम्बोधन भैसकेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुरोध गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कतिपय माग सम्बोधन भैसकेको  र केही मागहरू अध्ययनकै क्रममा रहेको भन्दै आन्दोलन नगर्न आग्रह गरेका हुन् ।

    अहिले पनि आन्दोलित पक्षले इमर्जेन्सी, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा अवरुद्ध गरिरहेको भन्दै त्यसो नगर्न अनुरोध गरेका हुन् ।

    प्रवक्ता पौडेलले पदाधिकारीको कारबाही र उच्चस्तरीय छानबिन आयोग प्रतिष्ठानको सिनेटबाट कार्यान्वयन गरिने प्रष्ट्याएका छन् ।About-Bp.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार