Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेन्सनका लागि आमाको शव लुकाएर राख्ने छोरा पक्राउ


    आइतबार, भाद्र २७ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। अस्ट्रियामा एक व्यक्तिले आफ्नी आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको त्यहाँको प्रहरीले जनाएको छ।

    उनकी ८९ वर्षीया आमाको निधन गत वर्षको जुन महिनामा नै भएको ठानिएको छ। उनी विस्मृतिसम्बन्धी रोगबाट पीडित थिइन्। तर, ६६ वर्षीय ती व्यक्तिले घरको भूमिगत कोठामा उनको शवलाई लुकाएर राखेका थिए।

    उनले दुर्गन्ध नआओस् भनेर शवलाई कपडाको पट्टीले बेरी बरफले छोपेर राख्ने गरेका बताइएको छ। प्रहरीका अनुसार ती व्यक्तिले झन्डै ५० हजार यूरो गैरकानुनी तरिकाले प्राप्त गरेको हुनुपर्छ।

    ती पेन्सन पाउने महिलालाई उनले सुविधाबापत प्राप्त गर्ने रकम हस्तान्तरण गर्ने नयाँ हुलाकीले प्रत्यक्ष भेट्न खोज्दा छोराले भेट गराउन नमानेपछि उक्त शङ्कास्पद जालसाजीको घटना सार्वजनिक हुन पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार