Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य मन्त्रालयको आग्रह : दुई समूह बनाई आलोपालो सेवा दिनु


    मंगलबार, जेष्ठ १३ २०७७
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १३ जेठ । कोरोना भाइरस संक्रमण बिरामीको उपचारमा खटिएका सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

    मन्त्रालयले कोभिड १९ रोकथाम व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको दुई समूह बनाई आलोपालो गर्न आग्रह गरेको हो।

    एउटा समूहले एउटा हप्ता र अर्को समूहले अर्को हप्ता गरी सेवा दिन मन्त्रालयले भनेको छ।

     

    सोमबार सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले दुई समूहबाट आलोपालो सेवा दिन भनेको हो।

    स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित हुन गई सेवा प्रवाहलाई निरन्तरता दिन कठिनाई हुन सक्ने भन्दै मन्त्रालयले आलोपालो बनाई एउटा हप्ता एक समूह र अर्को हप्ता अर्को समूह ड्युटीमा खट्न भनेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार