बारा । कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव कुहिएको दाल प्रकरणमा पुनः मुछिएका छन् । खान अयोग्य सडेको ८० क्वीन्टल दाल बोकेर यादव कोल्डस्टोर कलैयातर्फ गइरहेको ना. २ त. ७५२५ नम्बरको टयाक्टर बुधबार सिम्रौनगढ इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । बुधबार राति मात्रै नगर प्रमुख राजेश राय यादव र उनका भाइ रबिन्द्र यादवले बेच्नका लागि बेल्दारीमा पठाएको किरा लागेको रहरको दाल बिक्री नभएपछि पुनः कलैयाको यादव कोल्डस्टोलमै ल्याउँदै गर्दा दालसहित टयाक्टरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहीले टोलीले नियमित गस्तीको क्रममा रामनगर गाउँ नजिकको सडकमा चेक जाँचको क्रममा दाल, ट्रयाक्टर पचरौता नगरपालिका वाडा नं ५ बस्ने वर्ष २६ को पान्नालाल महतोलाई प्रहीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक सुबेदीले जानकारी गराएका छन् ।
प्रहरी निरीक्षक सुबेदीका अनुसार चालकले आफूसँग सो दाल कलैयास्थित राधेचन्द्र यादवको यादव कोल्डस्टोर सम्म पुरयाउनका लागि आफनो साहु ओमप्रकाश यादवले बाडा नं ४ का वाडा अध्यक्ष कन्हैया लालप्रसाद यादवको सिफारिस समेत दिएको बताए ।
यता दाल साहु ओमप्रकाश यादवका अनुसार आफूले सो परिमाणको दाल यादव कोल्ड स्टोरबाट एक वर्ष अगाडि माछाको दाना तयार गर्न खरिद गरेकोमा दाना त्यार नहुँदा उक्त दाल पुनः यादव कोल्डस्टोरमा पठाउन लागेको बताए ।
यादव कोल्डस्टोमा धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनले राखेका मसुरो र रहरको दाल कुहिएर किरा लागेपछि यादव कोल्डस्टोरका सञ्चालक समेत रहेका नगर प्रमुख यादवले कुहिएको दाल बेच्न खोजेका थिए । एक वर्ष अगाडि कोभिड १९ को संक्रमणको महामारीको बेला कलैया उपमहानगरपालिकाको धेरै जसो वडामा उस्तै सडेको दाल राहतको नाममा बितरण भएको थियो । स्थानीयले जोडदार रुपमा बिरोध गरेपछि मेयर राजेश राय यादव लगाउत केही वाडा अध्यक्ष समेतलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
बुधबार नियन्त्रणमा लिएको दाल, ट्रयाक्टर र चालक उपर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिएका छन् । ८० क्वीन्टल दाल बरामद भएपछि यादव कोल्डस्टोरका संचालक राजेश राय यादव र उनका बाबु राधेचन्द्र यादव यो प्रकरण ढिसमिस गराउन लागेका छन् । राधेचन्द्र यादव प्रधानमन्त्री देउवाको पहुँच प्रयोग गर्दै कुहिएको दाल बरामद प्रकरणमा कुनै कारबाही नगराउन लागिसकेका छन् । बारा प्रहरीका प्रमुख दीपेन्द्र शाहीलाई गृहमन्त्री बाँलकृष्ण खाँणबाटै भनसुन गराइसकेको स्रोतले बताएको छ ।
१६ महिना पहिला नगर प्रमुख यादवले आफ्नै यादव कोल्डस्टोरमा राखिएको त्यही कुहिएको दाल राहतमा बितरण गरेको अभियोगमा पक्राउ परेका थिए । कोरोना प्रभावित नागरिकलाई स्थानीय तहले राहतस्वरुप खाद्यान्न दिने क्रममा मेयर यादवले आफ्नै कोल्डस्टोरमा राखिएको कुहिएको रहरको दाल राहतमा बितरण गरेपछि ठूलो विवाद भएको थियो । र, प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
राहतमा कुहिएको दाल बितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव सहित १३ जना बिरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तरर्गत जिल्ला प्रशासन कार्यालय बारामा २०७७ बैशाख ९ गते मुद्दा दर्ता गरेको थियो ।प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आईस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्स र बिभिन्न वडामा छापामारी गरेर २५ किलो र ५० किलो गरि आठ सय ६६ बोरा दाल सिलबन्दी गरेको थियो । सोही दालको नमुना संकलन गरी हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गराउँदा दाल गुणस्तरहीन प्रमाणित भएको थियो ।
सिलबन्दी गरिराखिएको २५ किलो र ५० किलोका गरी आठ सय ६६ बोरामा रहेको ३२ हजार ८ सय ५० किलो गुणस्तरहीन दाल बारा प्रहरीले नष्ट गरिसकेको छ । कोरोनाकालमा उपमहानगरबासीको स्वास्थ्यमा खेलबाड गर्दै राहतमा पनि कुहिएको दाल बितरण गर्ने मेयर यादवले बुधबार पनि किरा लागेको दाल कोल्डस्टोरमा लाँदै गर्दा बरामद भएको छ ।
स्थानीयलाई बितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय बारामा लगिएको १६ महिना बितिसक्दा पनि कारावाही नगर्दा कतै आर्थिक तथा राजनीतिक चहलखेल भएको शंका गरेका छन् । स्थानीयले पटक–पटक जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र समेत बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको दुई लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरु तारेखमा रिहा भएका थिए ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले नगरप्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग दुई लाख ८१ हजार धरौटी मागेको थियो ।
नगर प्रमुख यादवका काकाको छोरा रोशन भनिने रविन्द्र यादव, यादव आईस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव, कृष्णप्रसाद यादव, कलैया वडा नं.२७ का वडा अध्यक्ष रियाजुल अंसारी, वडा नं.१ का वडा अध्यक्ष हरिओमप्रसाद सोनार, वडा नं.७ का अध्यक्ष सैफुल्लाह मियाँ अंसारी, वडा नं.११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नं.१३ का अध्यक्ष राजनप्रसाद कुर्मी, वडा नं.२६ का महेश साहसँग ६० हजार धरौटी माग गरेको थियो ।