Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीको टोलीलाई ओलीले भने – सरकारमा हुँदा पारितका लागि जोड गरेका थियौं, अहिले विपक्षमा छौं


    बिहिबार, भाद्र २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका उपाध्यक्ष फातिमा सुमारको टोलीसँगको भेटमा एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् ।

    बिहिबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीबारे उनले यस्तो बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

    एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहितको फातिमाको जिज्ञासामा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको बताएको भट्टराई बताउछन्। 

    भट्टराईका अनुसार दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो । भेटमा अध्यक्ष ओलीले  एमसीसी अगाडि लैजाने विषयमा आफूहरु सरकारमा हुँदा भएको भूमिका र अहिलेको भूमिका फरक रहेको बताए । ‘त्यतिबेला हामीले सिन्सियर प्रयास गरेका हौं, त्यो कुरा तपाईंहरूलाई पनि थाहा छँदैछ,’ ओलीको भनाइ उल्लेख गर्दै भट्टराईले भने, ‘अहिले हामी त विपक्षमा छौं ।

    छलफलमा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी थिए ।

    यस्तै, भट्टराईका अनुसार भेटमा अध्यक्ष ओलीले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताएका थिए  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार