Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सुतिरहेको समय कारागारमा आगो लाग्दा ४१ बन्दीको जलेर मृत्यु, दर्जनौं घाइते


    बुधबार, भाद्र २३ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इन्डोनेसियाको एउटा कारागारमा आगो लाग्दा कम्तिमा ४१ बन्दीको मृत्यु भएको छ । आगोलागीमा दर्जनौं घाइते भएका छन् ।

    बुधबार बिहान राजधानी जार्काताबाट केही किलोमिटर टाढा रहेको तंगराङ कारागारको एउटा ब्लकमा अकस्मात आगो लागेको थियो । आगो लागेको समयमा अधिकांश बन्दीहरु सुतिरहेका थिए । 

    आगो लाग्दा कारागारको सो ब्लकमा एक सय २२ बन्दी थिए । कारागारको क्षमता ६ सय भए पनि त्यहाँ दुई हजार बन्दी राखिएको थियो । कारागारका बन्दीमध्ये अधिकांश दुव्र्यसनीमा आबद्ध थिए । 

    आगोलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो फैलिएको हुन सक्ने अस्पताल प्रशासनले अनुमान गरेको छ । आगोलागीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार