काठमाडौं । सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र त्यसपछिका केही सातामा सोही जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि बारम्बार अनधिकृतरुपमा हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई दुईवटा बेग्लाबेग्लै असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’ पठाएको छ ।
दुवै घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न परराष्ट्र मन्त्रालयले गत शुक्रबार र आइतबार छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो । “तुइन घटनाबारे नेपाल सरकारलाई जानकारी दिन पहिलो कूटनीतिक नोट भदौ १८ गते तथा नेपाली आकाशमा अनाधिकृतरुपमा हेलिकप्टर उडाइएकाका सम्बन्धमा भदौ २० गते अर्को नोट यहाँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई पठाएका छौँ”, परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले स्रोत उल्लेख नगर्ने शर्तमा बताए ।
गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई विरोधपत्र पठाइएको बताउँदै ती अधिकारीले नेपाल र भारतबीचका सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्धता दोहोर्याए । नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयमिक सम्बन्ध सानातिना समस्याबाट प्रभावित हुनुहुँदैन भन्ने मान्यताका साथ दुवै घटनाको वास्तविकताबारे बुझ्न पनि कूटनीतिक नोटमा ध्यानाकर्षण गराइएको छ ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले यही भदौ १५ गते सरकारसमक्ष प्रस्तुत गरेको थियो ।
छानबिन समितिको प्रतिवेदनको निष्कर्ष नेपाल सरकारले सार्वजनिक गरेपछि नयाँदिल्लीमा विदेश मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सो मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले त्यसबारेमा भारत सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका थिए ।
जयसिंह धामीको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको अनुरोधको कुनै प्रत्युत्तर नदिई भारतले महाकालीवारिका बस्ती, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका संरचनामाथि बारम्बार हेलिकप्टर उडाएको थियो ।
सरकारले भारतलाई पठाएको कूटनीतिक नोटबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले उक्त नोटबारे जानकारी दिन लागेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend