उदयपुर, १२ जेठ । सोमबार मृत फेला परेकी महिलाको हत्याको आरोपमा उनको श्रीमान पक्राउ परेका छन । जिल्लाको रौतामाई गाउँपालिका ८ की ४३ वर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी थिइन्।
उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको खबर पाउनेवित्तिकै उदयपुर प्रहरी कार्यालयको टोली खटिएको थियो। प्रहरीका अनुसार हत्या गरेको आशंकामा मृतकका श्रीमान् ५२ वर्षीय बिष्णु तामाङलाई नियन्त्रणमा लिएको हो।
‘घरायसी विवादका कारण झगडा भएको रहेछ। श्रीमानले मापसे समेत गरेको थियो,’ डिएसपी हरि कृष्ण केसीले भने, ‘खुकुरीले प्रहार गरी हत्या गरेको रहेछ।’
प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।
साथै श्रीमतीको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको डिएसपी केसीले जानकारी दिए।