काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
निवर्तमान कार्यकारी निर्देशक शाक्यले घिसिङकाे नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा दायर गरेकाे उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै इजलासमा राखेका छ्न् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको उक्त रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।
घिसिङले गत साउन २७ गते पदबहाली गरेका थिए ।