Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा


    आइतबार, भाद्र २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन् ।

    शनिबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको विमोचन गर्दै प्रधानमन्त्री देउवाले = सो कुरा बताएका हुन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताए ।

    मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले इमान्दारिता र निष्पक्षतापूर्वक सेवाग्राहीमैत्री भएर नागरिकलाई सेवा दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले सो कार्यका लागि सम्पूर्ण निजामती कर्मचारीलाई आह्वानसमेत गरे । उनले कानुनले दिएका अधिकारभित्र रहेर नियमसम्मत तरिकाले जनतालाई सेवा प्रदान गर्ने कार्यमा निजामती कर्मचारी युनियनले आफ्नो सङ्गठनात्मक शक्ति र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार