Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सवारी आवतजावत ठप्प


    शुक्रबार, भाद्र १८ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन ।

    पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार