Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ हजार ६६४ जना काेराेना संक्रमित थपिंदा १ हजार ७८६ जना निको भए, २० जनाको मृत्यु


    मंगलबार, भाद्र १५ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ९ हजार ११७ जनाको पिसिआर र ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    त्यस्तै, १ हजार ७८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

    यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

    हाल सक्रिय संक्रमित ३५ हजार ५९१ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ ।

    यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार