Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए, आजमात्रै ४५ जना आए


    सोमबार, भाद्र १४ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अफगानिस्तनबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । तालिवानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेका नेपालीलाई सुरक्षित रुपमा फर्काउने कार्य भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।

     मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

     मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार