Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषदका विभिन्न निर्णयः सुन छानबिन गर्ने सहसचिव पौडेल कलकत्ताका महाबाणिज्यदूत


    बिहिबार, फाल्गुन २२ २०७६
    685
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, २२ फागुन । मन्त्रिपरिषद्को गएको आइतबार बसेको बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाई महेन्द्र पाण्डेलाई नियुक्त गरेको छ । 
    त्यस्तै कलकत्ताको महावाणिज्यदूतमा ईश्वरराज पौडेल नियुक्त भएका छन् । पौडेल अध्यागमन विभागका महानिर्देशक थिए । उनी ३३ किलो सुन छानबिन समितिका संयोजक पनि थिए । 
     पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याललाई नियुक्त गरिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । 
    २०७६ साल फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू ः 

     १. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने ।
    २.Department of  Food Technology and Quality  Control (DFTQC), Nepal / Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने।
    Trading Corporation of Bangladesh (TCB) / Salt Trading Corporation Limited (STC), Nepal  बीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न STC का प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने ।
    – नेपाल र बंगलादेशकाबीचमा Preferential Trading Agreement को भागको रूपमा रहने Product List (Request and Offer List) मा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने ।
    ३. नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने। ।
    ४. कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने ।
    ५. जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने ।
    ६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार श्री युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।
    ७. चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने ।
    ८. सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवक्र्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका–२ मा रहेको कूलजम्मा ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने ।
    ९. नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि ९पहिलो संशोधन०, २०७६ स्वीकृत गर्ने ।
    १०। न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका श्री राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने ।
    ११। शहरी विकास मन्त्रालय अन्तर्गत आव २०७६र७७ मा सञ्चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका ५ वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार