काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज नेपाल आईपुग्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार भारतीय टिम आज दिउँसो ३:४५ बजे काठमाडौं ओर्लने छन् ।
भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ।