Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पीएसजीमा मेस्सीको उधारो डेब्यू , रेइम्सविरुद्ध एमबाप्पेको दुई गोल


    सोमबार, भाद्र १४ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले रेइम्सलाई २–० गोलले पराजित गरेको छ ।

    उक्त खेलमा हालै टोलीमा अनुबन्ध भएका लियोनल मेसीले डेब्यू गरेका थिए । मेसीले दोस्रो हाफको ६६ औं मिनटमा मैदान प्रवेश गर्दै टोलीका लागि पहिलो खेल खेलेका हुन्।

    मेसी नेयमारको स्थानमा प्रवेश छिरेका थिए। व्यवसायिक फुटबलमा मेसीले बार्सिलोनाका लागिबाहेक खेलेको यो पहिलो खेल हो। मेसीबिनै खेल शुरु गरेको पिएसजीले १६ औं मिनेटमा अग्रता बनाएको थियो।

    पहिलो हाफमा १–० ले अघि बढेको पिएसजीका लागि एमबाप्पेले दोस्रो हाफको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–० ले अघि बढाए।

    त्यसपछि खेलमा अन्य गोल भएन र पिएसजीले जित हासिल गरेको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार