Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषध कारोबारीसँग ९० हजार घुस लिने दुई प्रहरी पक्राउ


    आइतबार, भाद्र १३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लागूऔषध कारोबारीसँग घुस लिने त्रिभुवन विमानस्थल प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले लागूऔषध कारोबारीसँग घुस लिएको आरोपमा विमानस्थलमा कार्यरत असई सञ्जीव बस्नेत र सिपाही सुरज खड्कालाई पक्राउ गरेको हो ।

     आफूलाई बौद्धको सिभिल प्रहरी भएको बताउँदै उनीहरुले लागूऔषध कारोबारीसँग ९० हजार घुस लिएको खुलासा भएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।  शनिबार बिहान विमानस्थलबाटै दुवैलाई नियन्त्रणमा लिइएको बौद्ध प्रहरी बृत्तले जनाएको छ ।

    उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले समेत पुष्टि गरेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार