Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कारपछि हत्या गरिएकी भागिरथी भट्टको परिवारलाई आर्थिक सहयोग


    शनिबार, भाद्र १२ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

    नेपलिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न (अष्ट्रेलिया) द्वारा उपलब्ध गराइएको रु दुई लाख ७० हजार ८४० सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदान गरेका छन् । विकासमा सिर्जनशीलता नेपालको नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

    नेपालिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था हो । यस संस्थाले नेपाली समुदायका लागि आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै कोरोना भाइरसका कारणले विपत्मा परेका नेपाली र अन्य बहुसांस्कृतिक समुदायका मानिसलाई सहयोग पु¥याउँदै आएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार