काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
उनले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको आज शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको बताए ।
उनले भने, “कांग्रेसलाई बलियो बनाउन र आगामी सबै तहका निर्वाचनमा पार्टीलाई बहुमत हासिल गर्र्ने मेरो चाहना हो । यसैका लागिपार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको हुँ ।” आफू पार्टीका संस्थापक नेता बिपी कोइरालाको प्रेरणा र योगदानले नै आजको अवस्थामा आइपुगेको उनको भनाइ थियो ।
संविधानसभाबाट कांग्रेसको बहुमत नहुँदा पनि आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राजनीतिक व्यवस्थासहितको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै उनले कांग्रेसले यसको कार्यान्वयन गर्र्दै स्वामित्व लिने र संविधानलाई अलपत्र पर्न नदिने स्पष्ट पारे ।
गत तीन वर्षमा संविधानका मर्ममा विश्वास नगर्ने राजनीतिक दल सत्तामा हुँदा मुुलुकमा सबै क्षेत्रमा विकृति देखिएको धारणा व्यक्त गर्दै उनले भने, “आगामी आमनिर्वाचनमा हामी यो विषय जनतामाझ उठाउँछौँ ।” आगामी निर्वाचनमा कांग्रेस गुट उपगुटभन्दा माथि उठेर आओस् भन्ने जनताको चाहना रहेको उनको भनाइ थियो ।
पार्टीको क्रियाशील सदस्यतामा ३५ प्रतिशतभन्दा बढी युवा वर्गको प्रतिनिधित्व रहेको अवगत गराउँदै उनले आफू युवा वर्गका लागि पार्टीमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
फरक प्रसङ्गमा पूर्व उपप्रधानमन्त्री निधिले संविधानले सबैलाई धार्मिक स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको जनाउँदै सबैले सबै धर्मको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति तथा विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताको सहभागिता थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend