Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा २ हजार ६५ लाई संक्रमण, २५ जनाको मृत्यु


    शुक्रबार, भाद्र ११ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    त्यस्तै, २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

    यसको संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।

    हाल सक्रिय संक्रमित ३७ हजार ५९९ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९३. ६ प्रतिशत रहेको छ ।

    यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार