Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्किङ भिसामा युरोप पठाइदिन्छु भन्दै लाखाैं ठगी गरेको आरोपमा एक जना पक्राउ


    बुधबार, भाद्र ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडाैं महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवार हुन् । सुनुवारलाई महाशाखाको टोलीले आज कोटेश्वरबाट पक्राउ गरेको हो ।

    सुनुवारले वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट एक–एक लाखका दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको महाशाखाले जनाएको छ ।

    पक्राउ परेका सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार