Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन सरकारलाई शिक्षा समितिकाे निर्देशन


    मंगलबार, भाद्र ८ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।

    मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । 

    काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ ।

    शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे जानकारी दिए । 

    साउन ३१ देखि हुन लागेको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार