Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नायिका खड्काद्वारा क्यान्सर अस्पतालको शिलान्यास 


    बिहिबार, फाल्गुन २२ २०७६
    900
    Shares
  • २ मिनेट पाठ
  • ललितपुर  । नायिका श्वेता खड्काले क्यान्सर अस्पतालको शिलान्यास गरेका छन् । नायिका खड्काले ललितपुरको गोदावरी नगरपालिका वडा नं ९ छम्पीमा बन्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर शिलान्यास गरेकी हुन् । 

    अस्पतालको शिलान्यास अभिनेत्री तथा समाजसेवी श्वेता खड्कासंगै अस्पतालका अन्य सदस्यहरु मिलेर गरिएको थियो । शिलान्यास कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै नायिका श्वेताले आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टमा लामो स्टाटस राखेकी छन् । 

    उनले क्यान्सरकै कारण श्वेताले आफ्नो परिवारका दुई प्रिय सदस्यले गुमाएकी बताउँदै अस्पताल शिलन्यास गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।
    उनले भनेकी छिन्,‘ क्यान्सरका कारण मैले मेरा अती आत्मिय दुई सदस्य गुमाएको छु । मेरो जीवनसाथी स्व श्री श्रीकृष्ण श्रेष्ठ र मेरा आत्मिय भिनाजुको मृत्युको कारण बनेको क्यान्सर रोग बिरुद्द मानसिक युद्द लडिरहेकी पनि छु ।’

    यहि पीडालाई केहि हदसम्म भएपनि राहत दिने सोच सहित श्वेताले क्यान्सर हस्पिटलको निर्माण गर्ने कुरा पहिल्यैदेखि बताउँदै आएकी थिईन । अहिले आएर उनको सपना नेशनल क्यान्सर अस्पतालले पूरा गरिदिएको छ । किनभने श्वेता पनि अस्पतालको सदस्यमा अनुबन्धित भएकी छिन् । 

    श्वेता अस्पतालले व्यवसायिक रुपमा नभई मानवीय रुपमा सेवा दिनुपर्ने पक्षमा छिन् । त्यसैले उनी यस सामुदायिक अस्पताललाई अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित गर्न चाहन्छिन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार