Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ९ जेठ । शुक्रबार संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।

    नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

    हालको उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो।

    संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

    प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार