Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबार थप २५ कोरोना संक्रमित, संक्रमित संख्या ४२७ पुग्यो


    बुधबार, जेष्ठ ७ २०७७
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ७ जेठ । आज (बुधबार) देशका विभिन्न जिल्लामा तीन बालिकासहित २५ जनालाई कोरोना संक्रमण फेला परेको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
    जसमध्ये पुरुष ३५८ र महिला ६९ जना छन् । बुधबार बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासीका संक्रमित छन् ।
    प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ ।

    पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन् ।
    कोशी अस्पतालमा रहेका आठ जना पुरुषको पीसीआर नतिजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनदेखि अस्पतालमा रहेका डिस्चार्ज भउका छन् । डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ । मृतकको संख्या भने दुई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार