Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामेछापका कोरोना संक्रमित काठमाडौँमा


    बुधबार, जेष्ठ ७ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ७ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति हाल काठमाडौंमा रहेको पाइएको छ ।

    खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए र, कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ ।

    रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाअनुसार अहिले संक्रमितको घर भएको क्षेत्रलाई सिल गरिएको छ ।

    परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । उनीहरुको रिपोर्ट आएपछि थप केही भन्न सकिएला’ प्रजिअ शर्माले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार