Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित भेटिएपछि भक्तपुरको द्यौलावस्ती शिल


    बुधबार, जेष्ठ ७ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • भक्तपुर, ७ जेठ । बुधबार बिहान भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलावस्तीमा प्रहरीले ‘शिल’ गरेको छ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उहाँलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ ।

    काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उहाँको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।

    मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलुखेल पुगेर वस्ती शिल गरेको छ।

    वस्ती शिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले वस्तीभन्दा बाहिर आउन दिएको छैन।

     

    प्रहरीले वस्ती शिल गरेसँगै आजै वस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार