Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेबाट ५० जना भारतीय नागरिक नियन्त्रणमा


    आइतबार, जेष्ठ ४ २०७७
    675
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ४ जेठ ।काभ्रेमा आज बिहान ५० भारतीय नागरिकलाई  नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई  जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले  नियन्त्रणमा लिएको हो।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको हो  । उनले ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर बताए ।

    आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।

    ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए । ‘नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन,’, तिमल्सिनाले भने । उनले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए ।

    यसैबीच, कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरेको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार