Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट आएका थिए धनुषाका कोरोना संक्रमित


    आइतबार, जेष्ठ ४ २०७७
    775
    Shares
  • २ मिनेट पाठ
  • जनकपुरधाम, ४ जेठ । धनुषाका २ जना कोरोना संक्रमित २ महिनाअघि नै भारतको मुम्बईबाट फर्केर आएको पाइएको छ । मुम्बईबाट उनीहरु घर नआई चितवन गएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेका धनुषाका थप २ पुरुष संक्रमित नगराइन नगरपालिका–१, घोरघासका हुन् । केही महिनाअघि यी दुवै जना भारतको मुम्बई गएको र फागु पूर्णिमाको समयमा चितवन फर्केका थिए ।

    संक्रमित २० वर्षीय युवक चितवनमै ओभरसयर अध्ययन गर्दै आएका थिए । अध्ययनकै क्रममा पढाइ छाडेर उनी संक्रमित भनिएका ३५ वर्षीय व्यक्तिसँग भारतको मुम्बई गएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

    ‘उनीहरु २ महिनाअघि नै मुम्बईबाट आएको र घर नआई सीधै चितवन गएको खुल्न आएको छ,’ निरौलाले भने, ‘उनीहरू गत वैशाख ३० गते चितवनबाट घर आएका थिए ।’

    मुम्बईबाट चितवन हुँदै घर आएका दुवैलाई नगराइनस्थित गांगुली क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै स्वाब संकलन गर्दा दुवै जना पोजेटिभ देखिएको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले दुवैलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइसकिएको बताए ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार