Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी


    शनिबार, जेष्ठ ३ २०७७
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ जेठ । कोरोना संक्रमण नेपालमा फैलिने क्रम जारी छ । शुक्रबार  साँझा फेला परेका दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ । 

    तुलसीपुर–७ घर भएका उनी हाल काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत रहेको तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डेले दिएको जानकारी दिएका छन् । 

    तुलसीपुर उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नगर प्रमुख पाण्डेले लखेका छन्, ‘तुलसीपुर उपमहानगरपालिका–७ का कारोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक हस्पिटलमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’ बिहीबार टिचिङ अस्पतालमा अप्रेसन गर्न ठीक पारिएकी बालिकामा कोरोना संक्रमण देखिएको थियो । ती बालिकालाई केही दिनदेखि कपिलवस्तुबाट उपचारका लागि टिचिङ अस्पताल ल्याइएको थियो ।

    अप्रेसनका क्रममा पीसीआर टेष्ट गर्दा उनमा कोरोना संक्रमण भएको थियो । शुक्रबार टिचिङकै कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार