Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीले भोलि संसदमा नीति कार्यक्रम प्रस्तुत गर्ने


    बिहिबार, जेष्ठ १ २०७७
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १ जेठ । संसदको बजेट अधिवेशन चलिरहेको छ । बजेट अधिवेशनमा राष्ट्रपतिले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट प्रस्तुत हुनेछ ।  आर्थिक वर्ष २०७७–७८ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

    राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । शुक्रबार अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार