Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिने आदेश राष्ट्रपतिले नमाने के हुुन्छ ?


    बिहिबार, असार १७ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस जारी छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुकाे बहस सुरु गरेका हुन् । 

    सोही क्रममा बिहीबारको बहसमा प्रधानन्यायाधीश जबराले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको अवस्थामा राष्ट्रपतिले नमानेमा के हुन्छ भनेर प्रश्न गरेका छन् । 

    बिहीबार विपक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले बहस गरे । वरिष्ठ अधिवक्ता खरेलले बहस गर्दा प्रधानन्यायाधीश जबराले संविधानको धारा ७६ (५) अनुसार  देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएमा राष्ट्रपतिले फैसला नमाने के हुन्छ भन्दै प्रश्न गरेका हुन् । 

    देउवालाई प्रधानमन्त्रीमा नियुक्त हुने गरी परमादेश जारी गर्ने फैसला आएको भन्ने भावमा प्रधानन्यायाधीश जबराले गरेको प्रश्नको जवाफमा दिँदै खरेलले सर्वोच्च अदालतबाट दिने आदेश राष्ट्रपतिले मान्ने भए पनि त्यस्तो आदेश आउने सम्भावना नरहेको बताए । 

    यसअघि संविधानको धारा ७६(६५)अनुसार सरकार गठन गर्न देउवाले कांग्रेस, माओवादीसहितका १४९ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

    सोही बखत एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दाबी गरे । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी अस्वीकार गरिन् । र गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मितिको तोकेकी थिइन् । 

    यसपछि प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वाेच्च अदालतमा कांग्रेस, माओवादीसहित दलका १४६ जना सांसदहरुले रिट निवेदन दिएका थिए । 

    प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार