Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो


    बिहिबार, असार १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।

    प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो । 

    सोही ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

     बिहीबारबाट खुल्ला भएको कम्पनीको आईपीओ आउँदो असार २१ गतेसम्म जारी रहनेछ । यद्यपी, माग अनुरुप आवेदन नपरे आईपीओको म्याद असार ३० गतेसम्म जारी राख्ने कम्पनीले जनाएको छ । 

    कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार