Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको देउवाकाे आरोप


    बुधबार, असार १६ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शेरबहादुर देउवाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् ।

    विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले साे आरोप लगाएका हुन् ।

    न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको बताउदै देउवाले ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने विश्वास व्यक्त गरेका छन् ।

    उनले भने- ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’

    निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार