काठमाडौं । निजामती प्रशासनमा प्राविधिकतर्फ सचिवका दुई पदमा ६ सहसचिवको सिफारिस भएको छ ।
मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवा र इन्जिनियरीङमा बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा कृषि तथा वन सेवा वरिष्ठ सहसचिव त्रय डा. कृष्ण प्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खनाल रहेका छन् । त्यस्तै, इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोपाल प्रसाद सिग्देलको नाम सिफारिस गरिएको छ । सिफारिस भएका ६ मध्ये दुई जनालाई सरकारले बढुवा गर्नेछ ।
यसअघि नै प्रशासनतर्फ बरिष्ठताको आधारमा सहसचिव दामोदार रेग्मीको बढुवा सिफारिस भइसकेको छ । प्रशासनतर्फ थप ५ पद रिक्त छन् । एक पद बिहीबारदेखि रिक्त हुँदैछ । त्यसमा पनि बढुवा सिफारिसको तयारी भइरहेको स्रोतको भनाइ छ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend