Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ११,७४८ मा कोरोना परीक्षण गर्दा २,६३६ संक्रमित, २० को मृत्यु


    मंगलबार, असार १५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

    ७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र  ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो ।

    त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । 

    यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार