Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त


    शुक्रबार, असार ११ २०७८
    565
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ ।

    माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो ।

    निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनानुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट विस २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एकएक जनप्रतिनिधि छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार