Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमलेन्द्र, सशांक र प्रकाशमानले भने- हामी एकै ठाउँमा छौं, हाम्रो एउटै भ्वाइस हुन्छ


    शुक्रबार, असार ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । 

    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन् ।

    भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको स्राेतले बताएकाे छ । यसअघि पनि यी तिनै जना नेताले छलफल गरेका थिए । 

    नेतात्रयले सभापतिबारे आफूहरुबीचमा सहमति हुनसक्ने बताएका छन् । ‘हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना छ,’ महामन्त्री कोइरालाले भने ।

    निधिले आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्तामा उत्साह देखिएको बताए । उनले अघि भने, ‘हाम्रो एउटै भ्वाइस हुन्छ ।’

    काँग्रेसकाे १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन भएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार