Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • मसला कुट्ने खलले प्रहार गरी बुबाको हत्या गर्ने एक जना पक्राउ


    शुक्रबार, असार ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धनुषामा बुवाको हत्‍या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार मसला कुट्ने खलले प्रहार गरी छोराले बुवाको हत्या गरेको हुन् ।

    जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हुन् ।

    उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।

    मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार